सुदूरपश्चिम प्रदेशको छाउपडी प्रथा अन्त गर्नका लागि छाउगोठ भत्काउने अभियान पुनः सुरु गरिएको छ ।
कोरोनाका कारण छाउगोठ भत्काउने अभियान केही महिना रोकिए पनि प्रदेशका विभिन्न जिल्लामा अहिले फेरि छाउगोठ भत्काउने अभियान सुरु गरिएको हो ।
गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुलाई छाउपडी कुरीति नियन्त्रण गर्न निर्देशन पत्र पठाएपछि छाउगोठ हटाउने अभियान चालिएको थियो । तर कोरोना कहर सुरु भएपछि सुदूरपश्चिमका नौवटै जिल्लामा उक्त अभियान बन्द भएको थियो ।
सुदुरपश्चिमका कतिपय ठाउँहरुमा महिनावारी अर्थात् छाउ भएकी महिलालाई पाँचदेखि सात दिनसम्म छुन नहुने तथा घ्यू, दूध, दही दिन नहुने तथा दिएमा देउता रिसाएर घरमा अनिष्ट हुने अन्ध विश्वास रहदै आएको छ ।





प्रतिक्रिया