प्रणालीविरुद्धको आन्दोलन आवश्यक छैन : प्रधानमन्त्री ओली

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रणालीविरुद्धको आन्दोलन आवश्यकता नभएको बताउनुभएको छ । प्रणालीको लागि आन्दोलन गर्नुपर्ने अवस्था नरहेको बताउँदै उनले आफ्ना असन्तुष्टिलाई शान्तिपूर्ण रूपमा राख्न सकिने बताउनुभएको हो ।

त्रिभुवन विश्वविद्यालयको ४६औँ दीक्षान्त समारोहमा भर्चुअल सम्बोधन गर्दै उहाँले स्थापित प्रणालीभित्रै रहेर आवश्यक सुधार र परिवर्तनका मागहरू उठाउन सकिने बताउनुभयो ।

प्रणालीभित्रै आफ्ना असन्तुष्टि व्यक्त गर्ने र समस्याहरू समाधान गराउने बाटो फरक हुने बताउँदै उहाँले त्यसका लागि संवाद र सहकार्य हुन जरुरी रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले आफ्ना असन्तुष्टिहरू शान्तिपूर्ण रूपमा राख्नुपर्नेमा जोड दिँदै अन्य प्रकारका गतिविधिहरू स्वीकार्य नहुने समेत जिकिर गर्नुभयो ।

राजसंस्था फिर्ता गराउनुपर्ने आवाज उठिरहेका बेला उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध चलमलाउन नखोज्न समेत आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?