प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिमा अर्थहीन र अन्त्यहीन अवस्था सिर्जना भएपछि निर्वाचनको घोषणा गरिएको बताउनुभएको छ ।
सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारमाथि असहयोग र घेराबन्दीका कारण संसद विघटन गरी जनताको बीचमा जानु परेको बताउनुभएको हो ।
निर्वाचनको घोषणा आकस्मिक र अप्रत्यासित देखिएको भए पनि लामो समयदेखि जनअपेक्षा विपरीतका गतिविधिका कारण सिर्जना भएको दाबी गर्नुभयो ।





प्रतिक्रिया