दार्चुला । नेकपा संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने प्रस्ताव गरेको छ ।
नेकपाका नेता देव गुरुङले प्रधानमन्त्री ओलीले संसद भंग गरिसकेपछि विकल्पको रुपमा दलको नेता परिवर्तन गर्नुपर्छ भनेर संसद सचिवालयमा दल नेताको रुपमा प्रचण्डलाई प्रस्ताव गरेको जानकारी दिनुभयो ।
सोमबार बानेश्वरमा भएको भेलापछि नेता गुरुङले यस्तो जानकारी दिएका हुन् ।
यसअघि आइतबार नेकपा अध्यक्ष एबं प्रधानमन्त्री केपी सर्मा ओली बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता गराउदा अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गरिएको थियो ।
अध्यक्ष एबं प्रधानमन्त्री ओली बिरुद्ध दर्ता भएको अविस्वासको प्रस्तावमा अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा अघि सारिएको छ ।





प्रतिक्रिया