दार्चुला । व्याँस गाउँपालिका वडा नम्बर १ को ब्यास घाँटी तथा कालापानी क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्धेश्यले नेपाल टेलिकमले जिएसएम फोर जी (नमस्ते) को टावर निर्माण गरिरहेको छ । सिडिएमए (स्काइ) टावर मात्रै सञ्चालनमा रहेको ब्यास गाउँपालिका–१ छाङ्गरु स्वास्थ्यचौकी भवन नजिकै टेलिकमले नमस्तेको टावरमा ७५ प्रतिषत भौतिक निर्माणको काम सम्पन्न भइसकेको ब्यास गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो ।

अहिले ब्यास घाँटीमा अत्याधिक हिमपात भएकोले काम प्रभावित भएको छ, वडाअध्यक्ष बोहराले भन्नुभयो, अगामी बैशाख महिनाभित्र टावर निर्माण सम्पन्न गरेर ब्यास गाउँपालिका वडा नम्बर १ मा फोर जी ईन्टरनेट सेवा सहित सञ्चार सुविधा सुचारु हुनेछ । दार्चुलाको दुर्गम तथा सामरिक महत्तको ब्यास क्षेत्रमा सञ्चार सुविधा विस्तार गर्न सहयोग सरकार र पहल गर्ने व्याक्तिहरुलाई उहाँले धन्यबाद व्यक्त गर्नुभएको छ ।

छविमा समावेश हुनसक्ने: हिमाल, बाहिरी तथा  प्रकृति, 'Latitude: 30. 12819 80. 882863 68.79m Accuracy: 3.0m Azimuth:271°(W) Azimuth:2 -12-2020 07:03 434 chhangru Powered by AngleCam' भन्ने पाठ

गत आर्थिक वर्ष २०७६÷०७७ मा सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा टेलिकमको लागि दुई वटा भवन निर्माण गरिएको छ । ब्यासमा बाह्रैमास बस्ने गरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म स्थापना भएपछि सञ्चारको आवश्यकता झनै बढेको छ । गृह मन्त्रालयले ब्यासको विकासका लागि विशेष प्याकेज बनाएर काम थालेसँगै टेलिकमको टावर पनि निर्माण भइरहेको बताइएको छ ।

नमस्तेको टावर जडान भएपछि छाङरु र तिकंर गाउँका साथै भारतले अतिक्रमण गरेका तीन गाउँ, नावी, गुञ्जी र कुटीसम्म यसको पहुँच पुग्नेछ । कालापानी देखिने डाँडामै नमस्ते फोनको रिपिटर टावर राखिन लागेको टेलिकमले जनाएको छ । यसअघि पनि ब्यासको छाङ्गरुमा रहेको सिडिएमए टावरले छियालेक, बुदी, गव्र्याङ्गका नागरिकलाई सहजरूपमा नेपाली फोनको सुविधा पुगेको थियो ।

 

छविमा समावेश हुनसक्ने: हिमाल, आकाश, रूख, बाहिरी तथा  प्रकृति

हिमपात हुनुअघि नै टावर निर्माण गरेर सञ्चालन गर्ने तयारी भएपनि विभिन्न कारणले समयमै काम सम्पन्न नहुदा हिमपात नरोकिदासम्म टावर सञ्चालन गर्न सकिने सम्भावना नरहेको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । जिएसएम बिटिएससंगै सशस्त्र प्रहरीको भिएचएफ सञ्चार सेट पनि जडान गर्ने तयारी भएको छ ।

सशस्त्र प्रहरीलाई खबर आदानप्रदान तथा सञ्चार गर्न समस्या भएपछि छुट्टै प्रविधिमार्फत सञ्चार जोडिन लागेको हो । सरकारले परनिर्भरता हटाउन दार्चुलाको ब्यास गाउँपालिकामा विशेष एकीकृत कार्ययोजना तयार पारेर विकास निर्माण थालेको छ ।

छविमा समावेश हुनसक्ने: हिमाल, आकाश, रूख, बाहिरी तथा  प्रकृति

छविमा समावेश हुनसक्ने: हिमाल, आकाश, बाहिरी तथा  प्रकृति

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?