विश्वभर ५ करोड ५० लाख संक्रमणमुक्त, १७ लाख २२ हजारको मृत्यु

दार्चुला । विश्वभरमा पाँच करोड ५० लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा पाँच करोड ५० लाख ७४ हजार दुई सय ४४ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा सात करोड ८३ लाख दुई हजार दुई सय ६३ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १७ लाख २२ हजार एक सय ९० जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा २ करोड १५ लाख पाँच हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ८६ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये १ करोड नौं लाख आठ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख ३० हजार एक सय ९२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म १ करोड ९९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९६ लाख ६२ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ४६ हजार चार सय ७६ जना पुगेको छ ।

नेपालमा हालसम्म दुई लाख ५५ हजार दुई सय ३६ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ४५ हजार सात सय नौं जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार सात सय ९८ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?