प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेका रिटको आजबाट सुनुवाई हुँदै

 

दार्चुला । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको बैधतामाथि परेको रिट निवेदनमाथि आजबाट प्रारम्भिक सुनुवाई थाल्दैछ ।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा रिट दायर भईसकेका छन् । ती मध्ये एउटा रिट निवेदन सोझै संवैधानिक इजलासमा गएको छ भने बाँकी साधारण प्रकृतिका छन् ।

सवैधानिक इजलासमा दर्ता भएको निवेदनको पालो भने आगामी शुक्रबार आउने सम्भावन रहेको छ ।

विघटन सम्बन्धी एकै खालको मुद्दामध्ये एउटा नियमित इजलासमा र अर्को संवैधानिक इजलासमा परेकोले आदेशमार्फत सबै निवेदनलाई एउटै इजलासमा हेर्न गरी आदेश हुने सम्भावना पनि रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?