दार्चुला । प्रतिनिधिसभाको विघटनविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाई सुरु भएको छ।
नेकपाका चार सांसदसहित विभिन्न व्यक्तिले दायर गरेका १३ वटामध्ये १२ वटा रिटमाथि आज प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणाको एकल इजलासमा सुनुवाई सुरु भएको हो। सर्वोच्चमा परेको थप एउटा रिटको भने संवैधानिक इजलासमा सुनुवाई हुनेछ। त्यसको पेसी शुक्रबारका लागि तोकिएको छ।
हिजो ९मंगलबार० नेकपा सांसदहरू देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले पनि संसद विघटनको निर्णयले ५ वर्षसम्म प्रतिनिधित्व गर्ने हकबाट बञ्चित भएको भन्दै राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई विपक्षी बनाइ रिट दर्ता गर्नुभएको थियो।





प्रतिक्रिया