दार्चुला । कोरोना महामारीले ९ महीनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा अब भने खुला हुने भएको छ।
पुसको अन्तिमसम्ममा ट्रायल खुल्ला गर्ने तयारी रहेको यातयात व्यवस्था विभागले जनाएको छ।
यस अघि विभाग र प्रदेशबीचको कुरा नमिल्दा अहिलेसम्म रोकिएको थियो।
प्रदेशबाट विभागलाई खोल्नका लागि तारन्तार दबाब दिएपछि खोल्ने तयारीमा विभाग जुटेको हो।
सवारी चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फाराम दर्ता सम्बन्धित प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गततका यातायात कार्यायलबाट हुने भएकोले सोही अनुसारको आवश्यक व्यवस्था मिलाउने तयारी भइरहेको छ।





प्रतिक्रिया