संसद् पुनर्स्थापना गरेर नयाँ सरकार गठन गर्छौं : प्रचण्ड

दार्चुला । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनर्स्थापना गरी नयाँ सरकार बनाउने बताउनुभएको छ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बुधबार( आज) बसेको संसदीय दलको बैठकपछि बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रचण्ड-नेपाल समुहको बैठकले अध्यक्ष दाहाललाई संसदीय दलको नेता चयन गरेको छ। संसदीय दलको नेता चयन गरेपछि अध्यक्ष दाहालले आफूले ठूलो चुनौतीको बेलामा जिम्मेवारी पाएको बताउनुभएको छ।

‘यो ठूलो जिम्मेवारी हो। अहिले ठूलो चुनौतीको समयमा यो जिम्मेवारी पाएको छु’ उहाँले भन्नुभयो, ‘नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र समावेशी लोकतन्त्र र प्रतिनिधि सभालाई जिवन्त राख्नु लाग्नेछु।’

सबै राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ्ने पनि उहाँले बताउनुभयो ।

प्रतिनिधिसभाको संसदलाई जीवन्त राख्नका लागि सक्दो तागत लगाउने पनि उहाँको भनाई थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?