प्रचण्ड-नेपाल समूहको महासचिव बन्ने लाइनमा ४ जना

दार्चुला । केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड(नेपाल समूहले महासचिव पनि नयाँ नियुक्त गर्ने तयारी थालेको छ।

एक पार्टी हुँदा बिष्णु पौडेल नेकपाका महासचिव थिए। पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको समूहले बुधबारको बैठकबाट पौडेललाई हटाएर उनको ठाउँमा नयाँ महासचिव नियुक्त गर्ने सम्भावना छ।

नयाँ समूहको महासचिवमा भने उक्त समूहभित्र सर्वसम्मति छैन।

स्रोतका अनुसार अहिलेसम्म महासचिवका लागि भीम रावल, सुरेन्द्र पाण्डे, वर्षमान पुन र जनार्दन शर्माको नाम चर्चामा छ।

उक्त समूहका अध्यक्ष माधवकुमार नेपालले महासचिवमा भीम रावलको नाम अघि सारेका छन्। रावल नभएपछि वेदुराम भुसाललाई पनि महासचिव बनाउन सकिने उनको भनाइ छ।

अर्का अध्यक्ष प्रचण्डले भने वर्षमान पुन र जनार्दन शर्मामध्ये एक जनालाई महासचिव बनाउन चाहेको स्रोतको दाबी छ।

नेकपा एक हुँदा पहिलो वरियताका बरिष्ठ नेता रहेका झलनाथ खनालले भने सुरेन्द्र पाण्डेलाई महासचिव बनाउन चाहेका छन्।

पार्टी विभाजनमा नेता खनालले त्याग गरेकाले उनले भनेको व्यक्ति नै महासचिव हुने एक नेताले बताए।

ुउहाँले आफूभन्दा पछिल्लो वरियतामा रहेका नेपाललाई अध्यक्ष मान्नुभएको छ। महासचिवमा उहाँले भनेको व्यक्ति हुने सम्भावना देख्छु, ती नेताले भने।

यसअघि प्रचण्ड(नेपाल समूहले मंगलबार केन्द्रीय कमिटी बैठक राखेर ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो। बुधबार बसेको उनीहरूको संसदीय दलको बैठकले ओलीलाई संसदीय दलको नेताबाट समेत हटाएर प्रचण्डलाई नयाँ नेता बनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?