संसद विघटनको विपक्ष र पार्टी एकताको पक्षमा छु:उपाध्यक्ष गौतम

दार्चुला । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता बामदेव गौतमबीच भेटवार्ता भएको छ ।

प्रचण्डको निवास खुमलटारमा भएको भेटवार्तामा प्रचण्ड-नेपाल समूहका अन्य नेता पनि सहभागी थिए ।

भेटवार्तामा नेता गौतमले आफू संसद विघटनको विपक्षमा रहेको बताउनुभएको खुमलटार स्रोतले जनाएको छ ।

गौतमले अझै पनि पार्टी एकताको पक्षमा आफू रहेको जानकारी गराउनुभएको थियो । दुई टुक्रा भएको नेकपाका सबैजसो शीर्ष नेताले आफ्नो पक्ष प्रष्ट पारिसकेका छन् । तर उपाध्यक्ष बामदेव गौतमले भने आफू कुनै पनि पक्षमा नलाग्ने बताउँदै आउनुभएको छ ।

गौतमलाई आफ्नो पक्षमा पार्न ओली र प्रचण्ड-नेपाल पक्षले कोशिस गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?