दार्चुला। सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा अछामका केशरबहादुर साउद नियुक्त हुनुभएको छ ।

सोमबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सदस्यमा दार्चुलाको शैल्यशिखर नगरपालिकाका मोहनदेव विष्टलाई नियुक्त गरेको छ । आयोगमा एक जना महिला सदस्य पछि नियुक्त गरिने आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले जानकारी दिनुभयो ।

योजना आयोगको सदस्यमा नियुक्त मोहनदेब बिष्ट गोकुलेश्वर बहुमुखी क्याम्पसका संस्थापक एबं पूर्व क्याम्पस प्रमुख समेत हुन् । स्थानीय तहको निर्वाचनमा साविक नेकपा माओबादी केन्द्रबाट नगरप्रमुख पदमा पराजित बिष्ट बुद्धिजिवि एबं समाजसेवीको रुपमा परिचित हुनुहुन्छ ।

मन्त्रिपरिषद बैठकले खप्तड क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा डोटीको आदर्श गाउँपालिका–५ का हर्क बहादुर सिंहलाई नियुक्त गरेको छ ।

सदस्यमा अछामको साँफेबगर नगरपालिका– ११ का लक्ष्मण खड्का, बाजुराको खप्तड छेडेदह गाउँपालिका– २ का गणेशबहादुर शाही, बझाङको खप्तड छान्ना गाउँपालिका– ४ का मिश्र रोकाया र डोटीको सायल गाउँपालिका– ३ का हरि पाल थापा नियुक्त भएका छन् ।

त्यस्तै डोटीको पूर्वी चौकी गाउँपालिका– ५ कि मनिषा धानुक सदस्य र बाजुराको बुढिनन्दा नगरपालिका–७ का भीम खड्का कार्यकारी अधिकृतमा नियुक्त भएका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?