प्रचण्ड–माधव पक्षको आज जनप्रदर्शनः सुदूरपश्चिमभर जुलुस, दार्चुलामा लक्ष्मण जोशीले सम्बोधन गर्ने

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा संघर्ष थालेको नेकपा (प्रचण्ड–माधव) पक्षले आज मंगलबार देशव्यापी रुपमा विरोध तथा जनप्रदर्शन गर्दैछ। सुदूरपश्चिम प्रदेशको पनि सबै जिल्लामा प्रदर्शन गर्ने बताइएको हो।

ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै देशैभर प्रदर्शन गर्न लागिएको पार्टीका सुदूरपश्चिम प्रदेश समिति सचिव नेपबहादुर चौधरीले जानकारी दिनुभयो ।

सचिव चौधरीका अनुसार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीको चौराहादेखि पार्क मोडसम्म जनप्रदर्शन गरिने भएको छ। प्रदर्शनपछि आयोजना हुने कोण सभालाई पार्टीका सुदूरपश्चिम इन्चार्ज भीम रावलबाट सम्बोधन हुने सचिव चौधरीले बताउनुभयो ।

यस्तै, डोटी जिल्लामा मुख्यमन्त्री त्रिलोचन भट्ट, दार्चलामा प्रदेश सहइन्चार्ज लक्ष्मणदत्त जोशी, बझांङमा सहइन्चार्ज भानुक्त जोशी, डडेल्धुरामा केन्द्रीय सदस्य निरा जैरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?