दार्चुला । सुदूरपश्चिममा आज ‘पुसे १५‘  पर्व धुमधामसँग मनाइँदैछ।

एक आपसमा कथा र दन्त्य कथा सुन्ने र सुनाउने पर्वको रुपमा लिइने ‘पुसे १५‘ पर्व आज सुदूरपश्चिममा हर्षोल्लासपूर्वक मनाइँदै छ । पुस १५ गते मनाइने भएकोले यो पर्व स्थानीय भाषामा ‘पन्नरी रात’ को रुपमा चर्चित रहेको छ । राति जाग्राम बस्ने, (बात) दन्त्य कथा भन्ने र देउडा खेल्ने चलन रहेको छ ।

सुदूरपश्चिमको लोकसंस्कृतिको मौलिक पहिचान बोकेको यो पर्वलाई सुदूरपश्चिममा विषेश पर्वका रुपमा समेत लिने गरिन्छ ।

पुुुस १५ गतेको रात वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा यो पर्व मनाउने गरिन्छ ।

यो पर्वमा टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्रम बस्ने, जाग्रम बसेका बेला तरुल, पिडालु, सखरखण्डलगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने, लाउन, बाबर, असिका, माणा, निसौसे, रोटीलगायतका डोटेली खानाका मीठा परिकार पकाइ खाने र वृद्धवृद्धाबाट लोक कथा एवम् दन्त्य कथा सुन्ने सुनाउने प्रचलन रहेको छ ।

पर्व मनाउन एक ठाउँमा भेला हुनेहरुले १५ हात लामो (झन्डै २० फिट लामो) दाउराको मूढोको आगो ताप्नुपर्ने र एक-अपसमा हाँसो-ठट्टा गरी रमाइलो गर्दै रात बिताउनुपर्ने चलन छ ।

नेपाली समाजमा आजको रात सबैभन्दा लामो हुने मान्यता भएकाले यो पर्वलाई ‘ठूलीरात’ भन्ने संस्कृतिसम्बन्धी जानकार बताउँछन्। तर, विश्वभर डिसेम्बर २२ को रात सबैभन्दा लामो हुने गरिएको मानिन्छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?