राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु

दार्चुला । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको हिउँदे अधिवेशन केही बेरअघि सुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यो अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा शुक्रबारका लागि आह्वान गर्नुभएको थियो ।

बैठकको आरम्भमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । बैठक सुरु भएका सन्दर्भमा विभिन्न दलका नेताबाट सम्बोधन सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन तथा गृहमन्त्री रामबहादुर थापाले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन, नेपाल प्रहरी र प्रदेश प्रहरी पहिलो संशोधन तथा सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश बैठकमा पेस गर्ने कार्यसूची छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले औषधि तेस्रो संशोधन एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ पेस गर्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?