प्रतिनिधि सभा विघटन अपरिहार्य थियो : गृहमन्त्री थापा

दार्चुला । गृहमन्त्री रामबहादुर थापाले देशमा स्थिरता र स्थायित्व कायम गर्न सरकारले प्रतिनिधि सभा विघटन गरेको बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेतासमेत रहनुभएका गृहमन्त्री थापाले शुक्रबार नेकपा निकट ललितपुर जिल्ला कमिटीको आयोजनामा ललितपुर महानगरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देशमा स्थायित्व ल्याउन सरकारले प्रतिनिधि सभा विघटन गरेको बताउनुभएको हो ।

सरकारले संसद् विघटन गरेर माध्यावधि चुनावमा जाने निर्णय गरेसँगै यो कदम संवैधानिक हो वा असंवैधानिक हो भन्ने विषयमा निकै ठूलो बहस भइराखेको तर सकरारले अग्रगामी कदम चालेको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘ठूलो कदम सरकारले लियो मध्यावधि निर्वाचनमा जाने । संसद्लाई विघटन गर्ने, यो संवैधानिक हो कि असंवैधानिक हो, यो प्रतिगमनकारी कदम हो कि अग्रगामी कदम हो भन्ने ठूलो बहस छ । हाम्रो नजरमा यो कदम अग्रगामी कदम हो । यो ठूलो राजनीतिक कदम हो । देशलाई फेरि स्थायित्व ल्याउनको निम्ति र फेरि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न यो अपरिहार्य थियो ।’

प्रतिनिधि सभा विघटन भएसँगै पार्टीभित्रको एउटा पक्ष संसद् पुनर्स्थापनाको माग गर्दै पार्टीबाट अलग भएको समेत उहाँको भनाइ छ । तर पहिलाको संसद्ले स्थायित्व ल्याउन सक्छ या नयाँ संसद्ले मात्रै स्थायित्व ल्याउन सक्छ भन्ने कुरामा पार्टीलाई एक ढिक्का गरेर जवाफ दिनुपर्ने पनि नेता थापाले बताउनुभयो । उहाँले देशमा स्थिरता नचाहने पक्षले संसद् पुनर्स्थापनाको माग गर्दै आन्दोलन गरिरहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?