दार्चुला । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभाको विघटनको विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउने निर्णय गरेको छ ।
त्यसक्रमा विरोध कार्यक्रम प्रदेश निर्वाचन क्षेत्रसम्म पु¥याउने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय ललितपुरमा आइतबार सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
यसैबीच काँग्रेसको १४औँ महाधिवेशन आगामी फागुनमा नहुने भएको छ ।
फागुनको ७ देखि हुने तय भएको महाधिवेशनको अर्को मिति नतोकिए पनि क्रियाशील सदस्यता वितरणको कार्यको अन्तिम विवरण पठाउने अवधि आगामी माघ मसान्तसम्म तोकिएको छ ।





प्रतिक्रिया