दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओली पुग्नु भएको छ ।
नेकपा ओली समूहले शुक्रबार (आज) धनगढीमा आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न उहाँ धनगडी पुग्नु भएको हो । उहाले केही बेरमा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
तर प्रधानमन्त्री ओलीको स्वागतको लागि सुदूरपश्चिम प्रदेश सरकारका प्रतिनिधिहरुको सभागिता थिएन । यसअघि देशका प्रधानमन्त्रीलाई स्वागत गर्न प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रतिनिधिहरुको सहभागिता हुन्थ्यो । तर हाल सहभागिता नदेखिएको हो ।
प्रधानमन्त्री ओली आफैले प्रतिनिधि सभा विघटन गराएपछि पहिलो पटक धनगढी आउनु भएको हो । तर उहाँको प्रतिनिधि सभा विघटनको कदमबारे नेकपाको प्रचण्ड–माधव समूहले कडा विरोधमा छ । प्रचण्ड–माधव समूह अन्तरगतका सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीदेखि सांसदहरु प्रधानमन्त्रीको स्वागतमा सहभागी नभएका हुन्। निहित एक समूहको जनसभालाई सम्बोधन गर्न आएको भन्दै स्वागतमा सरिक नभएको बताइएको छ ।
त्यस्तै, जनसभा आयोजक नेकपा ओली समूहले प्रदेश सरकारलाई कार्यक्रमबारे कुनै जानकारी नगराएको बताइएको छ ।
स्रोतका अनुसार जनसभा आयोजकले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री मातहतका मुख्य सचिव र सचिवहरुलाई स्वागतको लागि पत्रचार गरिएको छ । तर मुख्यमन्त्री तथा मन्त्रीहरुलाई कुनै औपचारिक जानकारी नआएपछि प्रधानमन्त्रीलाई स्वागतमा नजाने बताइएको छ ।
तर जनसभा आयोजक समितिको अतिथि सत्कार उपसमितिका संयोजक समेत रहेका सांसद नारदमुनि रानाले आफ्नै घरमा आउने पाहुनालाई स्वागत सत्कार गर्ने नेपालीको संस्कार रहेको बताउनुभयो । आफ्नै घरमा आउने पाहुनालाई स्वागत गर्नलाई निमन्त्रणा कार्ड नै दिनुपर्ने नैतिक तथा संस्कारयुक्त कुरा नभएको उहाँको भनाइ छ।





प्रतिक्रिया