नेकपा सम्धी र छोरीबुहारीको पार्टी होइनः प्रधानमन्त्री ओली

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा आफ्ना नातेदारको पार्टी नभएको बताउनुएको छ ।

नेकपा पुष्पकमल दाहाल‘प्रचण्ड’–माधव नेपाल समूहलाई लक्षित गर्दै उहाँले नेकपा जनताको पार्टी भएको बताउनुभयो ।

शुक्रबार धनगढीस्थित खुलामञ्चमा नेकपा ओली समूह सुदूरपश्चिले आयोजना गरेको जनसभामा बोल्दै उहाँले नेकपा छोरीबुहारी, सम्धी, सालासालीको पार्टी नभई नेपाली जनताको भएको बताउनुभयो ।

यस्तै उहाँले प्रचण्ड–नेपाल समूहलाई भगौडाको संज्ञा दिनुभएको छ । नेकपा ओली समूहले धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले पार्टी छोडेर भागेका भगौडाको कुरा नसुन्नु आग्रह गर्नुभयो । सुखी नेपाली समृद्ध नेपालको अभियानमा आफू लागेको पनि उहाँले दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले अर्को नेकपा पुष्पकमल दाहाल‘प्रचण्ड’–माधव नेपाल समूहले आफुसँग बहुमत सांसद भएको दाबी गर्नु मुर्खता भएको बताउनुभएको छ ।

तीन करोड मान्छेमा दुई सय ६५ जना उता जादा केही फरक नपर्ने उहाँले टिप्पणी गर्नुभयो । उहाँले प्रचण्ड-नेपाल समुहलाई कम्तीमा १० सिट ल्याएर देखाउन पनि चुनौती दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?