मुख्यमन्त्री जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम अन्तर्गत स्वास्थ्य परीक्षण

दार्चुला । मुख्यमन्त्री जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम अन्तर्गत मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ का जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।

आर्थिक वर्ष २०७६÷०७७ बाट लागु गरिएको उक्त कार्यक्रम अन्तरगत हिजो र आज गाउँपालिकाकाको वडा नम्बर ७ का ३१ जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम मालिकार्जुन गाउँपालिकाका फोकल पर्शन एबं हेल्थ अस्सिटेन्ट तिलक सिंह धामीले जानकारी दिनुभयो ।

गाउँपालिकाको वडा नम्बर ७ अन्तरगतका पन्त्पाली, धरम पानी, सानन चोर, खेतारा, डिंशी लगायतका टोलहरुमा जेष्ठ नागरिक तथा क बर्गका अपाङ्गता भएको नागरिकको स्वास्थय परिक्षण गरिएको उहाँले बताउनुभयो ।

No description available.

वडा नम्बर ७ बाट सेवा पाउनेमा १८ जना महिला र १४ जना पुरुष रहेको धामीले जानकारी दिनुभयो । जेष्ठ नागरिकहरुको स्वास्थ्य प्रवद्र्धनको लागि स्वास्थ्य सेवाको पहँच बाहिर रहेका ग्रमिण बस्तीहरुमा गई आधारभुत स्वास्थ्य सेवा बाट बञ्चित रहेका जेष्ठ नागरिकहरुलाई घरदैलौमै गएर सेवा दिने उद्धेश्यले गत आर्थिक वर्षबाट कार्यक्रम सञ्चालनमा रहेको एचए धामीले बताउनुभयो ।

No description available.

जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण, परामर्श र आवश्यक औषधी घरदैलोमै उपलब्ध गराउदा जेष्ठ नागरिकहरुलाई सहज भएको उहाँले बताउनुभयो ।

गाउँपालिकाको अन्य वडाहरुमा यो भन्दा पहिला कार्यक्रम सम्पन्न भईसकेको छ, भने अन्य वडाहरुमा पनि क्रमसः कार्यक्रम सञ्चालन गरिने धामीले बताउनुभयो ।

No description available.

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?