दार्चुला । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको निर्णय संविधानविरोधी कदम भएको बताउनुभएको छ ।
संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित प्रदर्शनलाईको भेलामा सम्बोधन गर्दै देउवाले सर्वोच्च अदालतमा विचाराधीन रहेको यस मुद्दामा जुलुस निकालेर यो गर, ऊ गर भन्न नहुने पनि बताउनुभयो ।
अदालतमा विचाराधीन रहेको मुद्दामा जुलुस निकालेर यो गर र ऊ गर भन्नु सान्दर्भिक हुँदैन हामी सबैले अदालतको निर्णय पर्खिनुपर्छ उहाँले भन्नुभयो ।
अहिले विभिन्न राजनीतिक दलहरूले सभा र जुलुस गरेर संसद् विघटनको विरोध गरे पनि अदालतले सरकारको निर्वाचनमै जानुपर्ने निर्णयलाई सदर गरेमा सबैले चुनावमा भाग लिने पनि सभापति देउवाले विश्वास व्यक्त गर्नुभयो।
तर अदालतले संसद् विघटनलाई सदर गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका रहेको पनि उहाँको भनाई थियो ।





प्रतिक्रिया