प्रधानमन्त्री ओलीको कदमविरुद्ध धनगढीमा बयलगाडा र्‍याली

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदम असंवैधानिक भएको भन्दै धनगढीमा बयलगाडा र्‍याली निकालिएको छ।

आइतबार नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूह निकटको अनेरास्ववियू जिल्ला कमिटी कैलालीले बयलगाडा र्‍याली निकालेको हो।

२०६२/०६३ सालको जनआन्दोलनताका ओलीले ’गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भनेका थिए। सोही विषयमा व्यंग्य गर्न अनेरास्ववियूले अहिले बयलगाडा प्रदर्शन गरेको हो।

प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाबाट प्रतिनिधि सभा विघटन गरेको भन्दै उक्त कदम सच्याउन प्रचण्ड–नेपाल समूहको अनेरास्ववियूले माग गरिरहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?