दार्चुला । नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नाले वर्तमान सरकार विकास र परिवर्तनको बाटोमा लागेको बताउदै आफ्नो कार्यकालमा दार्चुलावासीले गर्भका साथ सम्झनयोग्य काम गर्ने बताउनुभएको छ । पार्टी भित्रकै केहि शक्तिहरुले विकासका कामहरुमा अवरोध शृजना गर्नेदेखि सरकार नै ढाल्नेसम्मका अप्रिय प्रयासहरु गरेपछि प्रतिनिधिसभा विघटन भएको उहाँको भनाई छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी दार्चुलाले आयोजना गरेको बृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री केपी सर्मा ओलीले नेतृत्व गरिरहेको नेकपा भगौलिक अखण्डता, सामाजिक सुरक्षा र विकास तथा समृद्धिको पक्षमा रहेको बताउनुभयो । आफ्नो कार्यकालमा रहदासम्म दार्चुलाको विकासका साथै देश र जनताकालागि सम्झनयोग्य काम गर्ने आफ्नो योजना रहेको मन्त्री ठगुन्नाको भनाई छ ।

कुनै पनि जनता वा नेताले सडकमा गएर राजनीतिक आन्दोलनको नाममा हामी यहाँ छौँ भनेर भन्नुपर्ने अवस्था नरहेकोले प्रधानमन्त्री ओलीले नेतृत्व गरिरहेको नेकपा पार्टीमा सहभागि भएर अगाडी बढ्न अनुरोध गर्नुभयो । उहाँले संविधान, कानुन र विधि पद्धतिअनुसार नेपाली जनता सार्वभौम सत्ता समपन्न भईसकेकोले प्रतिगमनको कल्पना गर्न नसकिने बताउनुभयो । वर्तमान समयमा नेपाली जनताले राजनीतिक अस्थिरता नभइ परिर्वतन, विकास निर्माण र समृद्धि खोजीरहेकोले सरकारले सोही हनुसार जनआदेशको पालना गरिरहेको मन्त्री ठगुन्ननाको भनाई छ । त्यस्तै उहाँले अहिले देशमा राजनैतीक आन्दोलनको आवश्यकता नरहेको बताउदै विकास र परिर्वतनमा सरकार केन्द्रित हुने धारणा राख्नुभयो ।

नेकपा दार्चुलाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री ठगुन्नाले भन्नुभयो, अबको आन्दोलन विकास र परिर्वनको लागी हनुपर्दछ, देशको भौगोलीक अखण्डताको लागी आन्दोलन हुनुपर्दछ, मिचिएको भुमी फिर्ताको लागी आन्दोलन हुनुपर्दछ । उहाँले राजनैतीक आन्दोलन छोडेर विकास हुने, नेपाली जनताको गरिबी दुर गर्ने र बेरोगारहरुलाई रोजगारी दिने आन्दोलनमा सहकार्य गर्न अनुरोध गर्नुभयो । नेपाल अहिले समाजबादको दिशामा अगाडी बढिरहेको र त्यसको नेतृत्व नेकपाले गरिरहेको मन्त्री ठगुन्नाको भनाई छ ।
उहाँले देशभरि प्रधानमन्त्री ओली नेतृत्वको नेकपाको पक्षमा आम जनता एक डिक्का भएकोले उच्च मनोबलका साथ कार्यक्षेत्रमा जान पनि कार्यक्रतालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो दार्चुलेली जनताको मतले मैले नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएको छु, म जती दिन त्यो पदमा रहन्छु त्यती दिन मैले दार्चुलेली जनताले गर्व गर्न लायक काम गर्छु भन्ने आशा र विश्वास लिएको छु । दार्चुलाका जनताले गर्व गर्न लायक र दार्चुलेली जनताको शिर ठाडो पार्न काम गर्न सके मात्रै दार्चुलेली जनताले आफुलाई दिएको मतको सम्मान हुने उहाँको भनाई थियो । दार्चुलामा इतिहासमा कसैले गर्न नसकेको काम गर्न सके मात्रै आफुलाई पनि आत्मसन्तुष्टि हुने मन्त्री ठगुन्नाले बताउनुभयो ।
वर्तमान सरकार देश विकासको लागी छुट्टै मिसन र भिजनको साथमा अगाडी बढीरहेको पनि उहाँले बताउनुभयो । जनताको जनादेश अनुसार आफुहरु अहिले पनि सिंगो कम्युनिष्ट आन्दोलन एक ढिक्का भएर अगाडी बढ्नुपर्छ भन्ने मान्यतामा रहेकोले गुट फुटमा लागेका पाटिका अन्य सदस्यलाई पनि मुल धारको नेतृत्वमा आउन आग्रह गर्नुभयो । लाखौँ जनताको समर्थनको पाटि छोडेर सडकमा जानुपर्ने र हामी यहाँ छौ भनेर भन्नु पर्ने कुनै आवश्यक्ता नरहेको उल्लेख गर्दै उहाँले प्रचण्ड–नेपाल समुह (नेकपा) लाई ओली नेतृत्वको नेकपा पार्टीमा फर्किन आग्रह गर्नुभयो ।
दार्चुलामा कम्युनिष्ट आन्दोलन कमजोर नहुने दाबी गर्दै उहाँले अगामी चुनावमा स्थानीय तहदेखि प्रदेश र संघीय सभामा नेकपाको बिजय सुनिश्चित हुने उहाँको भनाई छ । नेपाली काग्रेशले स्थानीय तहमा नेपाल सरकारले पठाएको बजेटको दुरुपयोग गरिरहेकोले अगामी चुनावमा जिल्लाभरी नेकपाको लालाकिल्ला कायम गर्न आफुले आफ्नो राजनीति दाउमा लगाएर भएपनि पहल गर्ने धारणा राख्नुभयो । स्थानीय तहहरुमा भ्रष्टाचार र बेतिथी बढेकोले त्यो सरकारलाई मान्य नहुने मन्त्री ठगुन्नाले बताउनुभयो । स्थानीय तहमा आएको बजेट आफ्नो पार्टीको बजेट हो भन्दै आफ्ना कार्यक्रतालाई बाड्ने गरेको भन्दै उहाँले सरकार कडाईका साथ अगाडी बढ्ने र कनै पनि स्थानीय तहमा भ्रष्टाचार र अनियमितता भएको भएको पाइए कारवाही गरिने उहाँको भनाई छ ।

https://www.facebook.com/lokendra.joshi.9250/videos/1201483670275095
https://www.facebook.com/lokendra.joshi.9250/videos/1201483670275095




