चुनावको तयारीमा लाग्न प्रधानमन्त्री ओलीको निर्देशन

दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा लाग्न नेताहरुलाई निर्देशन दिनुभएको छ ।

बालुवाटारमा भएको स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा सर्वोच्च अदालत र निर्वाचन आयोगमा भइरहेको गतिविधिबारे ब्रिफिङ भएको बुझिएको छ ।

छलफलमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार तोकिएको समयमा निर्वाचन गर्नेबारे छलफल भएको हो ।

बैठकमा अध्यक्ष ओलीले निर्वाचन आयोगले आधिकारिता आफूहरुलाई नै दिने भन्दै बैशाख १७ र २७ गतेको निर्वाचनका लागि तयारी तीव्र पार्न निर्देशन दिनुभएको छ ।

उहाँले प्रथम अध्यक्ष र महासचिव आफूसँगै रहेकाले विधानअनुसार सूर्य चिन्ह र आधिकारिक नेकपा आफुहरु नै भएको स्पष्ट पार्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?