निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिबीच छलफल

दार्चुला । निर्वाचन आयोगले चुनावको तयारीबारे राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेको छ ।

काठमाण्डौको कान्तिपथमा रहेको आफ्नै कार्यालयमा बोलाएर आयोगले आउँदो चुनाव, मतदाता नामावली, मतदान स्थल तथा मतदान केन्द्रका विषयमा छलफल गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा मालेलगायतका दललाई बोलाएर आयोगले आइतबार छलफल गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आउँदो वैशाख १७ र २७ गते मध्यावधिक चुनाव गर्ने घोषणासहित प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेलगत्तै आयोग चुनावको तयारीमा लागेको छ ।

नेकपाको प्रधानमन्त्री ओली समूहबाहेक अरू पक्षले भने अहिले नै चुनाव गर्नुको औचित्य नरहने भन्दै प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरेका छन् । प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न पाउने व्यवस्था नयाँ संविधानले नगरेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?