दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ५, ६,७, ८ र ९ मा तत्काल विद्युत विस्तारको काम थाल्नका लागि स्थानीयहरुले सरोकारवालाहरुलाई माग गरेपनि सुनुवाइ नभएको भन्दै स्थानीयहरु आन्दोलति भएका छन ।
शैल्यशिखर नगरपालिका वडा नम्बर ५ को विद्युत विस्तार संघर्ष समितिले गत पुष २६ गते एक हप्ताको अल्टीमेटम सहित विद्युत विस्तारको काम थाल्न वडा कार्यालय, शैल्यशिखर नगरपालिका कार्यालय, विद्युत वितरण केन्द्र दार्चुला कार्यालय, जिल्ला प्रशासन कार्यालय दार्चुला र निर्माण व्यवसायीलाई ज्ञापन पत्र बुझाएको भएपनि सुनुवाइ नभएको भन्दै आज विहान ११ बजे देखि दिउसो ३ बजे सम्म स्थानीयहरुले महाकाली लोकमार्गको बगौरामा सडक अबरुद्द गरेका हुन ।
विद्युतिकरणको लागी पटक पटक माग गर्दा समेत सम्बन्धीत निकायले चासो नदेखाएको भन्दै स्थानीयहरु आन्दोलित बनेका हुन । संर्घस समितीले विद्युतिकरण नभए सम्म आन्दोलका कार्यक्रम जारी राख्ने समेत निणर्य गरेको स्थानीय संर्घस समितीका संयोजक कृष्ण सिंह डागाले जानकारी दिनुभयो ।
भोली पनि बगौरामा सडक अबरुद्ध गर्ने र भोली सम्म पनि विद्युत प्राधिकरण र ठेकेदार सम्पर्कमा नआए विहिबारबाट तथ चरणबद रुपमा आन्दोलनका कार्यक्रम गर्ने संर्घस समितीले जनाएको छ ।
संर्घस समितीले बुधबार सम्म माग सम्बोधनको लागी कुनै प्रक्रिया अगाडी नबढाए माघ ७ गते बलाच देखी दार्चुलाको ३३ केभी लाइन अनिश्चित कालको लागी बन्द गर्ने समेत चेतावनी दिएको छ ।




