दार्चुला । मालिकार्जन गाउँपालिकाको ताला १४ दिन पछि सहमति बिनै तोडिएको छ ।

विगत केही दिनदेखि निरन्तर वार्ता गर्दा पनि सहमति निकाल्न नसकिदाँ जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्की, गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी लगायतको टोलीले ताला तोडेका हुन् ।

गाउँपालिकाको प्रशासकिय भवन साविकको ठाउँबाट फरक ठाउँमा सार्न लागेको भन्दै स्थानीय संर्घस समितिले पुष २४ गते गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।गाउँकार्यपालिका निर्णयले गाउँपालिकाको प्रशासकीय भवन वडा नम्बर ८ कै थक्तोलीमा सार्ने निर्णय गरेदेखि स्थानीयहरुले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए ।

जिल्लाबाट आएको जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्की लगायतको सर्वदलीयको टोलीले असन्तुष्ट पक्षसंग झण्डै ४ घण्टा गरेको वार्ताबाट पनि निष्कर्ष निकाल्न नसकेपछि सर्वदलीयको टोलीले गाउँपालिकामा लगाएको ताला १४ दिन पछि आन्दोलनरत पक्षको सहमति विनै तोडेका हुन् ।

जिल्ला समन्वय समिति प्रमुख कार्की, गाउँपालिका अध्यक्ष नरेन्द्र धामी, वडा नम्बर ८ का वडाध्यक्ष पदमराज पन्त लगायतको सहभागिता रहेको थियो । यता स्थानीयहरुले भने सहमति बिना जनताले लगाएको ताला तोडेकोे बताएका छन् । 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?