दार्चुला । सुदूरपश्चिममा शनिबार वर्षासँगै हिमपातको सम्भावना रहेको छ।
पश्चिमी वायुको प्रभावले देशका केही भागमा बदली भई सामान्य वर्षासमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले सुदूरपश्चिमसहित कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको उल्लेख गर्दै तराई भू-भागहरुमा हुस्सु र कुहिरो लागेको र बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको जनाएको छ।
तर दिउँसो र राति सुदूरपश्चिमका पहाडी भूभागका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ।
महाशाखाले उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना रहेकोले सतर्क रहन आग्रह समेत गरेको छ।




