दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरीका कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले गत बिहिबार विशेष परिपत्र पठाउँदै माघ १५ गते प्रकाशित हुने मतदाता नामावली सच्याउने कार्यक्रममा सहभागी हुन कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको हो ।
निर्वाचन आयोगले माघ १६, १७ र १८ गते मतदाता नामावली सच्याउन सकिने मिति तय गरेको छ।
सो अवधिभित्र आफ्नो कार्यक्षेत्रका मतदातालाई सुसूचित गर्न, मतदाता नामावलीमा कुनै त्रुटि भएमा सच्याउन, झूटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए त्यस्तो नामावली हटाउन र दोहोरो नाम हटाउनका लागि निवेदन वा उजुरी दिन र निर्वाचन प्रक्रियामा आमजनतामा जागरण र सहभागिता अभिवृद्धि गर्न जरूरी भएको परिपत्रमा उल्लेख गरिएको छ।






प्रतिक्रिया