३ महिनाभित्रै सबै नेपालीले निःशुल्क कोरोनाको खोप पाउनेछन् : प्रधानमन्त्री ओली

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीन महिनामा सबै नेपालीलाई खोप लगाइसक्ने बताउनुभएको छ ।

आम नागरिकलाई रोग र भोकबाट बचाउनु नै सरकारको प्रमुख प्राथमिकता रहेको भन्दै उहाँले अबको तीन महिनासम्म सबै नेपालीले कोरोना खोप पाइसक्ने सम्भावना रहेको बताउनुभएको हो ।

कोरोनाविरुद्धको खोप सबै नेपालीले निःशुल्क पाउने पनि उहाँको भनाइ रहेको छ । यस्तै उहाँले कोरोना संक्रमणम सुरु हुनेबित्तिकै पालिकाहरुले गरेको कामप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । पालिकाको आवश्यकता कोरोना भाइरसको संक्रमणले निम्त्याएको परिस्थितिले पनि पुष्टि गरेको उहाँले बताउनुभयो ।

यस्तै उहाँले आफूले खतरा मोल्न तयार भएर अरुलाई बचाउन क्रियाशिल रहने अग्रपंक्तीमा रहेका व्यक्तिहरुको पनि प्रशंसा गर्नुभएको छ । गएको १ वर्ष अन्यन्तै कठिन अवस्थाबाट गुज्रिएको भन्दै उहाँले छोटो तयारीमै नेपालले खोप ल्याउन सफल भएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?