प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपालले दिए माइतीघरमा धर्ना

दार्चुला । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा दाहाल समूहले काठमाडौंको माइतीघर मण्डलमा धर्ना दिएको छ ।

धर्ना दिन नेकपा दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल, नेताहरु नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसालसहितको टोली माइतीघर पुग्नुभएको हो ।

कार्यक्रममा नेता सुरेन्द्र पाण्डेले हिन्दूवादी र राजावादीहरूसँग मिलेर नारायणहिटी अगाडि प्रधानमन्त्री ओलीले सभा गर्न लागेको आरोप लगाउँदै उक्त दिन ओलीले हिन्दूराष्ट्र घोषणा गर्ने आरोप लगाउनुभयो ।

ओली कम्युनिष्ट नरहेको आरोप लगाउँदै पाण्डेले भन्नुभयो, ‘अस्ति पशुपतिमा गएर सवा लाख बत्ती बाले, हिजो चितवनमा गएर राम मन्दिर बनाउने घोषणा गरेर आएका छन् ।

नयाँ मठाधीश बनेर ओलीले जनतालाई अल्मल्याउने कोशिश गरिरहेका छन् ।’ २३ गतेको जनसभामा सहभागी हुन राजावादी संघ–संगठनले आफ्ना सदस्यलाई उर्दी जारी गरेको दावी गर्दै पाण्डेले भन्नुभयो, ‘त्यही सभामा ओलीले हिन्दू राष्ट्र घोषणा गर्छन् भन्ने चर्चा चल्दैछ । ओलीले यो गर्न सक्छन् ।

ओलीको कदमले दक्षिणपन्थी खुशी भएका छन् । उनीहरू ओलीजस्ता राजनेता कोही छैनन् भन्दै छन् ।’ नेतृ पम्फा भुषालले पनि नारायणहिटी अगाडि सभा गरेर ओलीले इतिहास भइसकेको राजतन्त्र र हिन्दू राज्यको मुद्दा ब्युँताउन लागेको दाबी गर्नुभयो । ओलीले गर्न लागेको सभालाई उहाँले पञ्चर्‍यालीको संज्ञा पनि दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?