पुर्चौंडीमा खोप केन्द्र स्थापना, पहिलो दिन १४० जनाले खोप पाए

दार्चुला । बैतडीमा कोरोना विरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन जिल्ला अस्पताल बाहिर पहिलो पटक पुर्चौंडीमा खोप केन्द्र सञ्चालनमा आएको छ । अस्थायी कोभीड अस्पताल पुर्चौंडीमा हाटमा आइतबार (आज) एक कार्यक्रमको आयोजना गरी खोप केन्द्र सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

सो खोप केन्द्रमा तीन सय डोज खोप पुर्याईएको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिनुभयो । खोपलाई सुरक्षित रुपमा भण्डारण गर्ने व्यवस्था समेत खोप केन्द्रमै गरिएको बताइएको छ । आज पहिलो दिन १४० जनाले खोप लगाएका छन् । स्वास्थ्यकर्मी, र सफाइकर्मीले कोरोना विरुद्धको खोप लगाएका हुन् । सरकारले पहिलो चरणको खोप अभियान पाँच दिन थप गरेकाले अझै पाँच दिन पहिलो चरणको अभियान सञ्चालन हुनेछ ।

पुर्चौंडीमा सञ्चालनमा ल्याएको खोप केन्द्रबाट डिलाशैनीका केही वडाका स्वास्थ्यकर्मीहरुलाई समेत खोप लगाउन सहज हुने पुर्चौडीबाट रेडियो लोकदर्पणका समाचारदाता हरि सिंह साउँदले जानकारी दिनुभयो ।

यस्तै जिल्ला अस्पताल बैतडीको खोप केन्द्रबाट पनि आज ११० जनाले खोप लगाएका छन् । पहिलो चरणमा बैतडीमा कोरोना विरुद्धको खोप लगाउनका लागि १ हजार ९६५ जनाको तथ्यांक संकलन गरिएको छ ।

नेपालमा आइतबारसम्म ८८ हजारले कोरोना भाइरसविरूद्धको खोप लगाएका छन्।

यो पनि पढ्नुहोस : दार्चुलामा पाँच दिनमा ६२७ जनाले कोरोना विरुद्धको खोप लगाए

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?