नेकपाका अध्यक्ष प्रचण्डविरूद्ध अपहेलनाको मुद्दा दर्ता

दार्चुला । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्ध अदालतमा अपहेलनाको मुद्दा दर्ता भएको छ ।

अधिवक्ता समिर हायूले मुद्दा दर्ता गर्नु भएको हो । मुद्दाको पेसी मंगलवारका लागि तोकिएको छ । गएको शुक्रवार विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको अपहेलना भएको भन्दै अधिवक्ता हायूले मुद्दा दर्ता गरेका सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले बताउनुभयो ।

प्रचण्डले सम्बोधनका क्रममा शान्ति र न्यायका लागि जसले त्याग र बलिदान गर्यो उसैलाई निमेट गर्ने र अपमान गर्ने काम भएको बताउनु भएको थियो । प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

यसअघि अभिव्याक्तिकै विषयलाई लिएर प्रधानमन्त्री देखि पूर्वप्रधानन्यायधिसहरुका विरुद्ध अदालतमा मुद्धा दर्ता भइसकेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?