दार्चुलाका चालिस कैदिबन्दीले खोप पाए, खलंगापछि गोकुलेश्वरमा खोप केन्द्र

दार्चुला । दार्चुलामा कोरोना विरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन पहिलो पटक जिल्ला अस्पताल बाहिर शैल्यशिखर नगरपालिकाको वडा नम्बर ९ स्थित गोकुलेश्वर अस्पतालबाट खोप केन्द्र सञ्चालनमा आएको छ ।

सरकारले कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान सञ्चालनमा ल्याएकाले दुर्गम क्षेत्रका अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुलाई सहज होस भनेर जिल्ला सदरमुकाम बाहिर खोप केन्द्र सञ्चालनमा ल्याइएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

गोकुलेश्वर अस्पतालमा सञ्चालनमा ल्याइएको खोप केन्द्रबाट जिल्लाको अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका, शैल्यशिखर नगरपालिका र लेकम गाउँपालिकाका खोप लगाउन बाँकी स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरुलाई खोप लगाइने छ ।

दार्चुलाको दोस्रो ठूलो बजार समेत रहेको गोकुलेश्वरमा खोपलाई सुरक्षित रुपमा भण्डारण गर्ने व्यवस्था खोप केन्द्रमै गरिएको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका र सफाइकर्मीहरुलाई कोरोना विरुद्धको खोप लगाउने क्रम चलिरहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जय राज भट्टले जानकारी दिनुभयो । गोकुलेश्वरमा तत्काल तीन दिनका लागि मात्रै खोप केन्द्र स्थापना गरिएको बताइएको छ ।

कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप

जिल्ला कारागार दार्चुलाका कैदीबन्दीलाई कोरोना विरुद्धको खोप लगाइएको छ । कारागारभित्रका ४० जना कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

यसअघि कारागारमा रहेका ३२ जनामा कोरोना संक्रमण देखिएको थियो । कोरोनाको जोखिम कारागारभित्र पनि रहेको भन्दै कोरोनाविरुद्धको खोप लगाइएको हो । सोमबार देखि बैतडीमा समेत कैदिबन्दीहरुलाई खोप लगाउन थालिएको छ । सरकारले कैदीबन्दीलाई पहिलो चरणमै खोप लगाउनका लागि प्राथमिकतामा राखेको छ ।

गत माघ १४ गतेबाट शुरु भएको कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत हालसम्म दार्चुलामा सात सय बढीलाई खोप लगाइएको छ । दार्चुलामा एक हजार एक सय ५० जनालाई पहिलो चरणमा खोप लगाउने योजना छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?