धौलीगंगाको बाँध खोलिने, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

दार्चुला । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएको छ।

एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार माघ २५ गते बेलुकी ७ बजेदेखि अगामी फागुन २५ गते बेलुकी सात बजेसम्म मर्मतको लागी बाँध खोलिन लागेको हो ।

एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले दिएको जानकारी अनुसार जलविद्युत् परियोजनाको बाँध यहि माघ २५ गते बेलुकी ७ बजे देखि अगामी फागुन २५ गते बेलुकी ७ बजे सम्म परियोजनाको बाँध खोलिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

परियोजनामा बाधको मर्मत कार्य गरिने भएकाले बाँध खोलीन लागेको बताईएको छ । मर्मत गर्दा बाँधको ढोका खोलिए पछि महाकाली नदीमा पानीको सतह बढ्ने भएकोले तटिय क्षेत्रमा जोखिम रहने हुँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ। महाकाली तटीय क्षेत्र दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरका स्थानीयलाई सतर्क गरिएको हो।

महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न समेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?