दार्चुला । दार्चुलामा पहिलो पटक अनलाइन होम डेलिभरी सहित अफलाईन आउटलेट सञ्चालनमा आएको छ ।
डिजिटल पेमेन्टको अवधारणा सहित जिल्ला सदरमुकाममा खुलेको साथी मार्टले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
जिल्लामै पहिलो पटक सञ्चालनमा आएको उक्त आउटलेटको उद्योग वाणिज्य संग दार्चुलाका अध्यक्ष मंगल सिंह ठगुन्नाले आज एक कार्यक्रमका विच उद्धघाटन गर्नुभएको छ ।
आउटलेटले बजारमा पाईने सामानहरु भन्दा गुणस्तरिय र मल्टिनेसनल सामानहरु उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ ।

करिब २५ लाख लागतका सञ्चालनमा आएको आउटलेटले छिट्टै आफ्ना शाखाहरु विस्तार गर्ने जनाएको छ ।





