दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ५ र ६ मा अनलाइनबाटै व्यक्तिगत घटना दर्ता गर्ने कार्य शुरु भएको छ ।

नगरपालिकाका अन्य वडामा पनि विस्तारै अनलाइनबाटै व्यक्तिगत घटना दर्ता गरिने नगर प्रमुख अमरसिंह धामीले बताउनुभयो । नागरिकलाई प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले अनलाइनबाटै व्यक्तिगत घटना दर्ता कार्य शुरु गरिएको उहाँले बताउनुभयो ।

शैल्यशिखर नगरपालिकाले प्रत्येक वडामा व्यक्तिगत घटना दर्ता कार्य अब अनलाइन माध्यमबाटै गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टले बताउनुभयो । व्यक्तिगत घटना दर्ताहरु मृत्यु दर्ता, मृत्यु दर्ता, सम्बन्ध बिच्छेद, बिवाह तथा बसाई सराई अभिलेखीकरण तथा दर्ता गर्ने कार्य अनलाइन प्रणालीबाट गर्न थालिएको हो ।

नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको योजना अनुरुप नगरपालिकाले सबै वडामा व्यक्तिगत घटना दर्ता अनलाइन प्रणालीबाट गर्ने कार्य सुरु गरेको बिष्टले जानकारी दिनुभयो ।

बुधबार (आज) पहिलो पटक दुई ओटा वडा कार्यालयमा अनलाइन प्रणालीको उद्दघाटन गरिएको छ । वडा नम्बर ५ का कौशल डाँगाको जन्मदर्ता अनलाइन प्रणालीबाट दर्ता गरेर अनलाइन सेवाको शुरुवात गरिएको हो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?