दार्चुला । पुख्र्यौली घर बैतडी भएका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्तमा नियुक्त हुनुभएको छ । गत मंसिर ३० गते बसेको संवैधानिक परिषदको बैठकले चन्दलाई आयुक्त पदमा नियुक्तिका लागि सिफारिश गरेको थियो । सोही सिफारिश अनुसार बुधबार चन्दले शपथ ग्रहण गर्नुभएको छ ।
२०४४ सालमा प्रहरी निरीक्षक हुँदै नेपाल प्रहरीमा भर्ना भएका चन्द २०७३ सालमा प्रहरी महानिरीक्षकमा समेत नियुक्त हुनुभएको थियो । तर उहाँको नियुक्तिमा मुद्दा परेपछि उहाँले प्रहरी महानिरीक्षकको पद भने सम्हाल्न पाउनु भएन् । प्रहरी अतिरिक्त महानिरीक्षकबाट सेवा निवृत हुनुभएका चन्द अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा नियुक्त हुनुभएको हो ।
बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ४ बंसल्ला पुख्र्यौली घर भएका चन्द प्रहरी सेवामा रहँदा पनि नयाँ योजना बनाएर काम गर्ने व्यक्तिको रुपमा परिचित हुनुभएको थियो ।
अख्तियारको आयुक्तमा नियुक्त भएपछि चन्दले संविधान,ऐन कानुन अनुसार सामूहिक रुपमा काम गर्ने बताउनुभयो ।
गत मंसिर ३० गते बसेको संवैधानिक परिषदको बैठकले जोशीलाई आयुक्त पदमा नियुक्तिका लागि सिफारिश गरेको थियो ।
सोही सिफारिश अनुसार बुधबार जोशीले शपथ ग्रहण गर्नुभएको छ । २०४२ सालदेखि मजदुर आन्दोलनमा रहेका जोशी २०४६ सालदेखि नेपाल ट्रेड युनियन महासंघ ९जिफन्ट० मा आवद्ध रहनु भएको थियो ।
तत्कालिन एमाले निक मजदुरहरुको संगठन जिफन्टको उहाँ उपाध्यक्ष समेत भईसक्नु भएको छ । समावेशी आयोगको आयुक्तमा नियुक्त भएपछि जोशीले आयोगको कार्यक्षेत्र अनुसार आफूले काम गर्ने बताउनुभयो ।
दुर्गम क्षेत्रबाट आफूले नियुक्ती पाएकोमा खुसी व्यक्त गर्दै आयुक्त जोशीले संविधानले दिएको जिम्मेवारी अनुसार आफूले काम गर्ने बताउनुभयो । बुधबार संवैधानिक निकायका पदाधिकारीहरुले शपथ लिएका छन् ।





प्रतिक्रिया