दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले विहिबार (आज) नेपाल बन्दको आह्वान गरेको छ । बन्द को असर दार्चुलामा पनि परेको छ । विहान बन्दको आंशिक प्रभाव मात्रै देखिएकोमा नेकपा (प्रचण्ड–माघव समुहका) नेता, कार्यकर्ताहरुको प्रतक्ष, अप्रतक्ष सक्रियता पछि यातायात, विद्यालय र बजारमा बन्दको प्रभाव देखिएको छ ।
पार्टीको केन्द्रीय निर्णय अनुसार दार्चुलामा पनि बन्द आव्हान गरिएको नेकपा प्रचण्ड–माधव समुहका अध्यक्ष गणेस सिंह खत्रीले जानकारी दिनुभयो । देशभरी आम हड्ताल घोषणा गरिएकोले दार्चुला बजारका सम्पुर्ण पसलहरु, शैक्षिक संस्था, सरकारी कार्यालय तथा यातायात बन्द गरिएको नेकपा प्रचण्ड–माघव समुहका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य दिपक जोशीले बताउनुभयो ।
सरकारले गरेको असंबैधानीक कदमको विरोध गर्दै संघर्ष गरिरहेको उक्त समुहले आज दार्चुलासहित देशभर आमहड्ताल घोषणा गरेको छ । दार्चुलामा पनि आम हड्तालकै कारण केहि विद्यालय बन्द भएका छन । परीक्षा सञ्चालन भएका विद्यालयहरु भने बन्द नगरिएको नेकपाले जनाएको छ । बन्दको प्रभावका कारण यातायातका साधनहरु प्रहरी स्कटिङमा मात्रै सञ्चालन भइरहेका छन् । सदरमुकाम क्षेत्रको बजार पूर्ण रुपमा बन्द रहेको नेता जोशीले बताउनुभयो । यद्धपी ग्रामिण क्षेत्रमा भने अधिकासं पसल र विद्यालयहरु खुलेका छन् ।
नेकपा प्रचण्ड–माधव समुहका जिल्ला अध्यक्ष गणेश खत्रीले दार्चुला सदरमुकाम खलंगा क्षेत्रमा यातायात, विद्यालय र बजार पुर्ण रुपमा बन्द रहेको बताउनुभयो । प्रधानमन्त्री केपी सर्मा ओलीको प्रतिगामी षडयन्त्र विरुद्ध दार्चुलावासी जनताको आमहड्तालमा उल्लेखनिय समर्थन रहेको र दार्चुला बजार पूर्ण रुपमा बन्द रहेको नेकपा प्रचण्ड–माघव समुहका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य दिपक जोशीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले भने, दार्चुलामा बन्दको खासै प्रभाव नपरेको बताएको छ । जिल्लामा सञ्चालीत यातायातका साधन चलेका छन, भने बजार पनि खुलेको प्रहरीले जनाएको छ । सडकमा र गाडीमा केही अवरोध हुन सक्ने आशंकामा बिहानदेखि नै जिल्ला भरि सुरक्षा व्यवस्थामा कडाई पारिएको प्रहरीले जनाएको छ । शैक्षिक संस्थाहरुमा भने आंशिक प्रभाव देखिएको प्रहरीले जनाएको छ ।
सरकारले आज पूर्ववत् रुपमै सार्वजनिक बस लगायत आ–आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ । सरकारले सुरक्षाका दिने भन्दै आफ्नो नियमित काम नरोक्न गृहमन्त्रालयले विज्ञप्तीमार्फत आग्रह गरेको छ ।





