कम्युनिस्टको बर्को बोकेर केही मान्छे बाटोमा बसे : प्रधानमन्त्री ओली

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो विरोधी नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्ष भएको संज्ञा दिनुभएको छ ।

किसान महासंघको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड माधव पक्षका नेताहरू कम्युनिस्ट आन्दोलनको विरोधी भएको बताउनुभएको हो ।

‘कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो विरोध कम्युनिस्टको बर्को बोकेर बाटोमा बसेका छन्। लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको विरोधी उनीहरु नै हो’ उहाँले भन्नुभयो ।
ठूलो ठूलो जुरो हल्लाउने नेताहरु आज सडकमा हिँडिरहेको पनि उहाँको भनाई थियो। ‘अहिले उहाँले प्रतिगमन देखिरहनुभएको छ प्रतिगमन होइन जागरण अभियान हो’ उहाँले भन्नुभयो ।
देशलाई सचेत नागरिकको आवश्यकता रहेको पनि उहाँले तर्क गर्नुभयो । कृषि क्षेत्रमा अनुदान वास्तविकले नपाएको भन्दै उहाँले त्यसमा सरकारले निगरानी गरिरहेको बताउनुभयो । कृषि क्षेत्रको विकास गर्नका लागि सरकारले अनुदानको व्यवस्था गरेर कृषि क्षेत्रको आधुनिकिकरण गर्नका लागि सोचीरहेको पनि उहाँको भनाई थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?