दार्चुला । नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली समूहले शुक्रवार काठमाण्डौमा जनसभा गरेको छ । सभालाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले अब तेस्रो जनआन्दोलन सुरु भएको बताउनुभएको छ ।
उहाँले मांसाहारी आन्दोलन गर्नेहरूलाई ‘जू’ मा लगेर बन्द गर्ने समेत चेतावनी दिनुभएको छ ।शुक्रबार ओलीपक्षले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै उहाँले मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको चिडिया खानामा लगेर बन्द गरिने बताउनुभयो ।
केही दिनअघि नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको आन्दोलन मांसाहारी हुन्छ भनेको भनाइलाई लक्षित गर्दै गृहमन्त्री थापाले सचेत हुन आग्रह गर्नुभएको छ ।
दुई तिहाईको बहुमत प्राप्त सरकारलाई विस्थापन गर्ने षड्यन्त्रकै कारण अहिलेको अवस्था आएको गृहमन्त्री थापाको दाबी छ । नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकामा जनसभा सुरु हुनुअघि काठमाण्डौका विभिन्न ठाउँबाट र्याली निकालिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेपछि सत्तारुढ नेकपा औपचारिक रुपमा दुई समूहमा विभाजित भएका छन् ।
प्रचण्ड–नेपाल समूहले विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ भने ओली समूहले सरकारको बचाउमा कार्यक्रमहरु गरिरहेको छ । बिहीवार ९हिजो० प्रचण्ड–नेपाल समूहले आम हड्ताल गरेको थियो ।





प्रतिक्रिया