सूर्य चिन्ह आफूहरूकै हुने उपप्रधानमन्त्रीको ठोकुवा

दार्चुला। उपप्रधानमन्त्री एवं ओली पक्षीय नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले सूर्य चिन्ह केपी शर्मा ओली नेतृत्वको पार्टीले पाउने ठोकूवा गर्नुभएको छ ।

नारायणहिटी दरबार संग्रहालय अगाडि भएको बृहत जनसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘सूय चिन्ह केपी ओलीले नेतृत्व गरेको नेकपाले प्राप्त गर्नेछ, यसमा तपाईंहरू दुविधा नराख्नुहोला ।’ आधिकारिक पार्टीको रुपमा सूर्य चिन्ह लिएर आफूहरु ताजा जनादेशका लागि जाने बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले बिहीबार भएको नेपाल बन्दको क्रममा आगलागी भएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने प्रतिबद्धता जनाउनुभयो । यस्तै, उहाँले दाहाल–नेपाल समूहले ५ वर्षका लागि निर्वाचित भएको प्रधानमन्त्री र महाधिवेशनबाट आएको अध्यक्षलाई बीचमै हटाउन खोजेको बताउनुभयो ।

कम्युनिष्ट पार्टीलाई धरापमा पार्ने चेष्टा गर्न खोजे पनि आफूहरूले त्यस्ता प्रयासलाई सफल हुन नदिने बताउनुभयो । जस्तोसुकै प्रतिकुलता आए पनि देशमा राजनीतिक स्थायित्वका लागि अडिग रहने तर्क गर्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?