पश्चिमी क्षेत्रका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातकाे सम्भावना

दार्चुला । आज पश्चिमी क्षेत्रका उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावका कारण पश्चिमका क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

उहाँका अनुसार पश्चिमी वायुको प्रभावका कारण भोलि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने सम्भावना छ । अन्य प्रदेशमा भने मौसम आंशिकदेखि सामान्य बद्ली मात्रै हुने मौसमविद् सजिना शाक्यले बताउनुभयो । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बद्ली भएको छ भने तराईका जिल्लामा हुस्सु र कुहिरो लागेको छ ।

काठमाण्डौसहित आसपासका जिल्लामा लागेको कुहिरो भने हट्दै गएर घाम लाग्ने मौसमविद्ले बताएका छन् । काठमाण्डौको न्यूनतम तापक्रम आज चार डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?