भारतको उत्तराखण्डको चमौली जिल्लामा हिमनदी फुटेलगत्तै आएको बाढीमा परेर वेपत्ता भएका सुदूरपश्चिमका ३ जनासहित १ सय १५ जनाको नाम सार्वजनिक गरिएको छ ।

स्थानीय प्रशासनले हिजो वेपत्ता हुनेहरुको नाम र ठेगाना सार्वजनिक गरेको हो । वेपत्ता हुनेमा तिन जना सुदूरपश्चिम प्रदेश कैलाली जिल्ला, टिकापुरका वासिन्दा रहेका छन् ।
। स्थानीय हाइड्रोपावरको सुरुङमा फसेका केही नेपालीहरुको भने उद्दार गरिएको छ ।

वेपत्ता हुने नेपालीहरुमा सोहन चौधरी, शंकर चौधरी र विष्णु मल्ल रहेका छन् ।

वेपत्ता हुनेहरुमा सबैभन्दा बढी भारत उत्तर प्रदेशका वासिन्दा रहेका छन् । उत्तर प्रदेशका ४६ जना वेपत्ता भएका छन् ।

१ सय १५ जनाको नामा सार्वजनिक गरिएपनि २ सय भन्दा बढी बेपत्ता भएको आशंका गरिएको छ । वेपत्ताहरुको खोजी कार्य तिव्र रुपमा भैरहेको स्थानीय प्रशासनले जनाएको छ ।

अहिलेसम्म २० जनाभन्दा बढीको शव फेला परेको छ । जलविद्युत आयोजनाको सुरुङमा फसेका मजदूरहरुको उद्दार कार्य तिव्र रुपमा भैरहेको जनाइएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?