आगामी तीन दिन सम्म मौसम बद्ली  हुने

दार्चुला । आज देशभरको मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् ।

मौसमविद् वरुण पौडेलका अनुसार अझै एकरदुई दिन देशभरको मौसम बद्ली हुने सम्भावना छ ।

पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने नरहेको उहाँले बताउनुभयो । आउँदो आइतवारसम्म नै देशभर बद्ली हुने र सोमवारदेखि मौसम खुल्ने अनुमान गरिएको छ । सोमवारदेखि भने बिस्तारै गर्मी सुरु हुने मौसमविद् पौडेलले बताउनुभयो ।

यस्तै, आज सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?