दार्चुलामा भोलीदेखि फेरी कोरोना विरुद्धको खोप दिइने

दार्चुला । कोरोना भाईरस विरुद्धको खोप अभियान अन्तर्गत पहिलो चरणको दोश्रो प्राथमिकतामा रहेका लक्षित समुहका लागि फागुन २ गतेदेखि खोप अभियान शुरु हुने भएको छ ।

देशैभरी पहिलो चरणको खोप अभियान अन्तर्गत दार्चुलामा पनि दोश्रो प्राथमिकतामा रहेका नागरिकहरुलाई खोप दिनका लागि तयारी भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जय राज भट्टले जानकारी दिनुभयो ।

जिल्लामा दोश्रो प्राथमिकतामा रहेकाहरुको सूची तयार पारिसकेको समेत उहाँले जानकारी दिनुभयो । पहिलो चरणको खोप अभियान अन्तर्गत दोश्रो प्राथमिकतामा पत्रकार, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, निजामति सेवाका कर्मचारी, नेपाल प्रहरी, सीमामा कार्यरत सशस्त्र प्रहरी, बैंक तथा बित्तीय संस्थामा कार्यरत कर्मचारी, प्राधिकरण तथा संस्थानमा कार्यरत कर्मचारी र पहिलो चरणमा छुटेका लक्षित नागरिकलाई खोप लगाइने स्वास्थ्य प्रमुख भट्टले जानकारी दिनुभयो ।

जिल्लामा खोप लगाउन जिल्ला सदरलमुकाम खलंगा स्थित सबै सरकारी कार्यालयका कर्मचारीहरुलाई फागुन २ गते, सार्वजनिक संस्थान, बैंकका कर्मचारी तथा पत्रकारहरु, महाकाली नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीहरुलाई फागुन ३ गते जिल्ला अस्पतालबाट खोप लगाइने छ ।

यस्तै फागुन ४ गते दुहुँ र ब्याँस गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई, नौगाड, मालिकार्जुन, लेकम गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई फागुन ५ गते जिल्ला अस्पतालमा खोप लगाइने छ ।

त्यस्तै अघिल्लो चरणमा खोप लगाउन छुटेकाहरुलाई पनि जिल्ला अस्पतालको खोप केन्द्रमा खोप लगाइने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

त्यस्तै फागुन २ गतेदेखि नै गोकुलेश्वर खोप केन्द्रबाट पनि खोप लगाइने छ ।

फागुन २ गते पहिलो दिन शैल्यशिखर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई, मार्मा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई फागुन ३ गते, लेकम र अपिहिमाल गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई फागुन ४ गते खोप लगाइने छ । त्यस्तै मालिकार्जुन र नौगाड गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई फागुन ५ गते र अघिल्लो चरणमा खोप लगाउन छुटेका पहिलो प्राथमिकताका व्यक्तिहरुलाई पनि खोप लगाइने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

नौगाड, मालिकार्जुन र लेकम गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि पायक पर्ने दुबै खोप केन्द्रमा खोप लगाउन सकिने व्यवस्था गरिएको छ ।

पहिलो चरणको खोप अभियान अन्तर्गत दोश्रो प्राथमिकतामा रहेका लक्षित समूहका लागि फागुन ८ गते सम्म खोप अभियान सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?