दार्चुला । नेपाली कांग्रेसले आज देशका ७७ जिल्लामै प्रदर्शन र सभा गर्न लागेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको कांग्रेसले उक्त निर्णय सच्याउन माग गर्दै प्रदर्शन गर्न लागेको हो।

कांग्रेसले शीर्ष नेतालाई जिल्लाहरूमा खटाएको छ। सभापति शेरबहादुर देउवा बुटवलमा हुने प्रदर्शनमा सहभागी हुनेछन्। देउवाले आइतबार अपिल जारी गर्दै घरघरबाट प्रदर्शनमा सहभागी हुन आह्वान गर्नुभएको छ ।

दार्चुलामा हुने कार्यक्रममा नेपाली काग्रेश केन्द्रिय सदस्य तथा पुर्व मन्त्री एनपी साउँद सहभागि हुने कार्यक्रम तय भएको छ । दार्चुला सदरमुकाम खलंगामा आयोजित प्रदर्शन तथा कार्यक्रममा सहभागि हुन नेता साउँद आइतबार बेलुकी नै दार्चुला पुगिसक्नुभएको छ । नेपाली काग्रेश दार्चुलाका सभापती ललितसिंह बोहराका अनुसार विरोध प्रदर्शनमा जिल्लाभरीका नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई सहभागि हुन अनुरोध गरिएको छ ।

दार्चुलासहित देशभर हुने कार्यक्रममा काग्रेशले केन्द्रिय नेताहरुलाई परिचालन गरेको छ । आज ललितपुर लगनखेलमा हुने विरोध सभालाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बोल्ने कार्यक्रम छ। केन्द्रीय सदस्य गगन थापा चितवनमा हुने कार्यक्रममा सहभागी हुँदैछन्।

कांग्रेसले पुस ५ पछि सरकारका कदमविरूद्ध आन्दोलन गरिरहेको छ। तर शशक्त सडक आन्दोलन नगरेको भन्दै कांग्रेसको आलोचना भइरहेको छ।

सभापति देउवा भने प्रतिनिधि सभा विघटन मुद्दा सर्वोच्चमा विचाराधीन भएकोले निर्णय पर्खंने पक्षमा छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले भने आवश्यक परेमा सडक आन्दोलनमा पार्टी जाने बताउने गरेका छन्।

No description available.

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?