तत्काल ओलीसँग सहकार्य हुन सक्दैन : प्रचण्ड

दार्चुला । नेकपाका नेता वामदेव गौतमले नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ ।

आज बिहान दाहालको निवास खुमलटार पुगेर गौतमले आधाघण्टा भेटवार्ता गर्नुभएको उहाँका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिनुभयो । नेता गौतम एकताको प्रस्ताव लिएर दाहालको निवास पुग्नुभएको हो ।

गौतमले पार्टी एकता गर्ने जिम्मेवारी आएको भन्दै अवसर नगुमाउन दाहाललाई सुझाव दिनुभएको थियो । तर दहालले तत्काल केपी ओलीसँग सहकार्य हुन नसक्ने प्रष्ट गर्नुभयो ।

ओलीले आत्मालोचना गर्दै पदबाट राजिनामा दिएमात्र संवादको ढोका खुल्ने दाहालको भनाइ थियो ।

गौतमले यसअघि हिजो विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने, दुई अध्यक्षले सचिवालय बैठक बोलाउनुपर्ने माग गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?