दार्चुला। प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ ।

आज साँझ ५ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक डाकिएको उहाँको सचिवालयले जनाएको छ ।

साँझ बस्ने बैठकले के निर्णय गर्ला भन्ने उत्सुकता छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेपछि बस्न लागेको बैठकबारे उत्सुकता भएको हो ।

बैठकको जानकारी पाएका एक मन्त्रीले आजको बैठकमा प्रतिनिधि सभा बैठक आह्वानका लागि राष्ट्रपति कार्यालयलाई सिफारिश पठाउनबारे निर्णय हुनसक्ने जानकारी दिए ।

सर्वोच्च अदालतले मंगलबार ११ गते प्रधानमन्त्रीले गरेको संसद विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको थियो ।

योसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको पाँच सदस्यीय अदालतले १३ दिनभित्र प्रतिनिधि सभाको बैठक आह्वान गर्न निर्देशनात्मक आदेश दिएको थियो ।

अर्कातिर प्रधानमन्त्री ओलीले नेकपाको राजनीतिक भविष्य र आफ्नो दल निर्माणका लागि दल विभाजनसम्बन्धि अध्यादेशबारे पनि बैठकमा छलफल गराउन सक्नुहुने स्रोतले बताएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?